खाद्य वीरगन्ज शाखाले धान खरिद बन्द गर्‍यो

0 Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष धान खरिद बन्द गरेको छ । केन्द्रबाटै धान खरिद गर्ने पत्र आएसँगै फागुन २० देखि धान खरिद बन्द गरिएको शाखाका सूचना अधिकृत समिर दाहालले जानकारी दिए ।

‘केन्द्रले पनि देशभरका शाखाबाट लक्ष्यअनुरूप किसानबाट धान नआएपछि सबै शाखामा एक साथ धान खरिद बन्द गरेको सूचना जारी गरेको हो,’ उनले भने, ‘शाखाले सोही सूचनालाई आधार मानेर खरिद बन्द गरेको हो ।’

यस वर्ष मंसिर २० देखि धान खरिद सुरु गरेको शाखाले ४ हजार १ सय ८० क्विन्टल मात्र धान खरिद गर्न सक्यो । किसानबाट पर्याप्त धान नआएपछि शाखाले बाराको महागढीमाई नगरपालिकास्थित विश्वकर्मा बाबा कृषि सहकारी संस्थासँग पनि १ हजार ८ सय ५४ क्विन्टल ३० किलो मात्र धान खरिद गरेको उनले बताए ।

सम्बन्धित समाचार