चितवनमा दश महिनापछि देखियो कोरोना

0 Shares

काठमाडौं । चितवनमा १० महिनापछि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टी भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ ।

जिल्लामा १० महिनापछि पुनः कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ ।

सम्बन्धित समाचार