0
Shares
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।