0
Shares
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो भने चाँदी २५ रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार, यस्तो सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।