‘एमएडब्लु इभी कार्निभल’ आयोजना हुँदै, के छ अफर ?

0 Shares

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो इभी कार्निभल आयोजना गर्ने भएको छ । यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म (आइतबारदेखि बुधबारसम्म) बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ ।

साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुममा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम कञ्चनजंगा बैंक्वेटमा आयोजना हुनेछ । चार दिनसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सक्नु हुनेछ ।

यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो टररान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नुहुनेछ जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस ७, एस ७एल, एल ७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नु हुनेछ । तसर्थ यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुनेछ ।

एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने छ । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउने छ । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने छ ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिने छ । जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने छ । हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्रि नाइट स्टे पाउने छ भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आइफोन १६ प्रोम्याक्स पाउने छ । रिफ्रेसमेन्ट र म्युजिकले यो कानिर्भललाई अझ आउनलायकको बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

पछिल्लो समयमा नेपाली अटोबजारमा दिपल, नामी र सेरेसले राम्रो प्रदर्शन गरिरहेको छ । आफ्नो डिजाइन र प्रविधिका कारण दिपललाई छोटो समयमै निकै बजारले रुचाएको छ भने नामी र सेरेसले पनि आक्रामक रुपमा बजार लिइरहेको छ ।

सम्बन्धित समाचार