0
Shares
काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेला ४५ दिनपछि समाप्त भएको छ । उक्त समयमा विश्वभरबाट ६६ करोड भक्तजनले गंगा स्नान गरेका समाचारमा जनाइएको छ ।
महाशिवरात्रि पर्वसँगै महाकुम्भ समापन भएको हो । यद्यपि, मेलास्थल खाली हुन अझै एक हप्ताभन्दा बढी समय लाग्ने छ । महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी)देखि सुरु भएको थियो ।
यस अवधिमा ६६ करोड २१ लाख जना गंगामा स्नानमा पुगेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए । शिवरात्रिको दिनमा मात्रै करिब डेढ करोडले गंगामा स्नान गरेका थिए ।