काठमाडौँ । नेपाली बजारमा दीपल एस ०७ विद्युतीय एसयूभी गाडी आइतबार सार्वजनिक हुने भएको छ। एमएडब्लू समूहले नेपाल भित्र्याएको चांगनको सब ब्रान्ड दीपल एस ०७ बिक्री सुरु हुने भएको हो ।
अत्याधुनिक विशेषता, बोल्ड डिजाइन र लग्जरी यो गाडी नेपाली इभी बजारमा थपिने भएको हो इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टमले रोडमा भएको साइन र अवस्थाबारे जानकारी दिनेछ। दीपलको यो गाडीको लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम दिएको छ । यसमा २९०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
५ सय ४५ लिटर बुटस्पेस रहेको दीपल एस ७ मा इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज गरि ४ ड्राइभिङ मोड रहेका छन्। ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४ सय ८५ किलोमिटर (एनईडीसी) रेन्ज दिनेछ। दीपलका हाल एल ०७ सेडान, एस ०७ एसयूभी र जी ३१० सिरिजको हाइब्रिड अफरोड एसयूभी रहेका छन्। सार्वजनिक भएको १४ महिनामै दीपलको १ लाख कार चीनमा बिक्री भएको थियो ।
२०२४ मा दीपलले विश्वभर ४ लाख ५० हजार विद्युतीय कार बिक्री गर्ने लक्ष्य लिएको छ। एमएडब्लू समूहले नेपाल ल्याएको दीपलको मूल्य औपचारिक रुपमा सार्वजनिक भएको छैन। तर, नेपाली बजारमा यो गाडीको मुल्य ७० लाख हाराहारी हुने अनुमान गरिएको छ ।