न्याय नपाएको भन्दै युवतीले गरिन आत्महत्या, के लेखिन् सुसाइड नोटमा

0 Shares

काठमाडौं । छिमेकीसँग भएको झगडापछि प्रहरीको अनुसन्धानबाट न्याय नपाएको भन्दै युवतीले आत्महत्या गरेकी छन् । कपिलवस्तु बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षमा अध्ययनरत मनिता चौधरीले आत्महत्या गरेकी हुन् ।

मनिताले लेखेको भनिएको सुसाइड नोटमा छिमेकी दुई जनाको नाम उल्लेख गरिएको छ । उनीहरूका कारण आफूले आत्महत्याको बाटो रोजेको बताइएको छ ।

‘आत्मसम्मान गुमाउनुभन्दा मर्नु ठिक हुनेछ, हरहर महादेव’ लेख्दै आफ्नो मृत्युको कारण उषा कुर्मी र प्रभूदयाल चौधरीको नाम उल्लेख गरेकी छिन् ।

मनिताले सुसाइड नोटमा नाम उल्लेख गरेका प्रभूदयाल उनका ठूलो बुबा हुन् भने उषा उनकी बुहारी भएको बुझिएको छ । घर जोडिएका दुई परिवारबीच भएको झगडा प्रहरी चौकीसम्म पुगेको थियो ।

मनिताले लेखेको भनिएको सुसाइड नोटमा ‘हामीले निवेदन नदिएकाले पुलिसले पनि हाम्रो दोष देखायो, उषाले पहिला मेरो आमाको हात समातेर तिमीलाई बाटोमा लगेर कुट्छु भनिन, त्यसपछि मैले पनि उषाको हात समातेँ, त्यसपछि उषाले मेरो र आमाको कपाल लुछिन ।’

मनिताले आत्महत्या गरेपछि दुवै परिवारबीच भएको भनिएको घटनामाथि थप अध्ययन र अनुसन्धान हुन जरुरी भएकोमा स्थानीयले जोड दिएका छन् ।

सम्बन्धित समाचार