५२ करोडको कोदो भित्रियो, राज्यको खातामा ४ करोडको राजस्व संकलन

0 Shares

काठमाडौं । नेपालको पहाडी भूभागमा उत्पादन हुने कोदो आयातमा ५२ करोड बाहिरिएको छ । चालु आर्थिक वर्षको सात महिनामा ५२ करोड ५ लाखभन्दा बढी रकम बाहिरिएको हो । यस समयमा १० हजार ३९९ मेट्रिक टन कोदो आयात भएको छ ।

यसमध्ये २ लाख २३ हजारको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख रुपैयाँको १ हजार ३९४.९८ मेट्रिक टन अन्य कोदो आयात भएको भन्सार विभागले उल्लेख गरेको छ ।

कोदो आयात हुँदा ३ करोड ९० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार