संविधान सभा सदस्य सापकोटाको निधन

0 Shares

काठमाडौं । संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।सापकोटाको आज (बिहीबार) बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ ।

५९ वर्षीय सापकोटाले नेकपा (एमाले)काभ्रेपलान्चोकको लामो समय नेतृत्व गरेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे निर्वाचन क्षेत्र ४ बाट निर्वाचित भएका थिए ।

सापकोटाको पार्थिव शरीर बिहीबार पार्टी कार्यालय आलोकनगरमा केहीबेर श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एकीकृत समाजवादीले जनाएको छ ।

सम्बन्धित समाचार