माओवालीले फागुन १२ गतेदेखि चैत ७ गतेसम्म अभियान चलाउने

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको समय तालिकालाई अन्तिम रूप दिएको छ ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार अभियानलाई अन्तिम रूप दिएर मातहतको समितिलाई परिपत्र पठाएको छ ।

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ दिइएको यो अभियानको उद्घाटन १२ फागुनमा झापाको कचनकवलको बनियानी बजारमा हुनेछ । आगामी ७ चैतमा कञ्चनपुर पुगेर अभियानको समापन हुनेछ ।

समय कार्यतालिका सामान्यतया एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी जिल्ला र समय तय गरिएको छ ।

सम्बन्धित समाचार