नेपाल र आयरल्याण्डको ‘ए’ टोली भिड्दै, कसले मार्ला बाजी ?

0 Shares

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्याण्ड ‘ए’विरुद्ध टी २० सिरिजको पहिलो खेल खेल्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराहन्न १ बजेदेखि सुरु हुँदैछ । नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड एसँग टी २० सिरिज र अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने भएको हो ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी २० खेल खेलेको थियो । जसमा दुवै खेल नेपालले जितेको थियो ।

नेपालबा टी २० सिरिज खेल्न विनोद भण्डारीको कप्तानीमा लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

सम्बन्धित समाचार