0
Shares
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासमा सनराइजर्स हैदरावादले कीर्तिमानी योगफलको लक्ष्य दिएको छ ।
आइपीएल २०२४ अन्तर्गत बुधबार मुम्बई इण्डियन्सविरुद्ध हैदरावादले तीन विकेटको क्षतिमा २७७ रन बनाएको हो । यो स्कोर आईपीएल इतिहासमा अहिलेसम्मकै सर्वाधिक ठूलो स्कोर हो ।
यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पुने वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा जोडेको २६३ रन आईपीएलको सर्वाधिक ठूलो स्कोर बनेको थियो ।
बुधबार कीर्तिमानी स्कोर बनाउने क्रममा हैदरावादका त्रविस हेडले २४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन, अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन बनाए ।
यस्तै, एडिन मक्रमले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट ४२ रन र हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ८० रन बनाए ।