संघीय संसदमा दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

0 Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बस्ने भएको हो ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् ।

विद्युतीय व्यापार (इ-कमर्स) विधेयक, २०८१ पारित गर्न मन्त्री मन्त्री भण्डारीले प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार