प्रधानमन्त्री विरुद्ध अवहेलना मुद्दा न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

0 Shares

काठमाडौं । गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको मुद्दामा आज पेसी तोकिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी–स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

अर्यालले प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार