0
Shares
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
गृह मन्त्री रमेश लेखकले ुनेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । साथै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ुमोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।