माओवादी दाङ राजपुर गाउँपालिका अध्यक्षमा अपिल निर्वाचित

0 Shares

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको दाङ राजपुर गाउँपालिका अध्यक्षमा देबिराज सुनार‘अपिल निर्वाचित भएका छन् । राजपुर गाउँपालिकाको शुक्रबार भएको तेस्रो अधिवेसनबाट सर्वसम्मत रुपमा अध्यक्षमा अपिल निर्र्वाचित भएको माओवादी केन्द्रका नेता चक्रबहादुर खड्का ‘शिखर’ले जानकारी दिए । यसअघि माओवादी राजपुर गाउँपालिका अध्यक्षमा श्यामबहादुर रोका रहेका थिए । उनी हाल राजपुर ६ वडा अध्यक्षको जिम्मेवारीमा छन् ।
यस्तै उपाध्यक्षमा दिलमती वली, घनबहादुर वली, र मन्साराम यादव चयन भएको नेता खड्काले बताए । यस्तै सचिवमा ओमप्रकाश रोका, सहसचिवमा तिलकबहादुर विश्वकर्मा, कोषाध्यक्षमा पुष्पा चौधरी चयन भएका छन् । माओवादीले राजपुर गाउँपालिका अध्यक्ष अपिलको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वमुख्यमन्त्री कृुलप्रसाद केसी‘सोनाम’ केन्द्रीय सदस्य इन्द्रजीत थारु लगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

सम्बन्धित समाचार