सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९८४ रुपैयाँ ६० पैसा पुग्यो, छैटौं दिन पनि सकारात्मक सर्किट

0 Shares

काठमाडौँ । सर्वोत्तम सिमेन्ट दोस्रो बजारमा कारोबारमा आएको छैटौें दिन पनि सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको छैटौें कारोबार दिन ९८४ रुपैयाँ ६० पैसामा पुगेको ।

उक्त सिमेन्ट कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको थियो । नेप्सेले कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।

सर्वोत्तम सिमेन्टको ४ करोड ६५ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको छ, जस मध्येमा ६० लाख कित्ता सर्वसाधारण तर्फको रहेको छ । भर्खरै बजार प्रवेश गरेको सार्वोत्तम सिमेटमा लगानीकर्ताको चासो बढेको हो ।

दैनिक सर्किट लेभलमा कारोबार भइरहेको यस कम्पनीको शेयरमा अहिले १३ लाख ३९ हजार ७०० कित्ता खरिद माग रहेको छ। यता बिक्री गर्ने लगानीकर्ता भने शून्य रहेका छन्।

सम्बन्धित समाचार