आज माघ २८ गते तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ माघ २८ गते सोमबार । सन् २०२५ फेब्रवरी १० तारिख । नेपाल सम्बत ११४५ सिल्लाथ्व त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दिन सहजताका साथ गुजार्ने प्रयत्नका बाबजुद आज केही विपरीतका नतिजा देखापर्न सक्छन् । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्ने योग छ । विलासितामा खर्च बढ्नेछ भने स्वासथ्य पनि खासै सबल नरहला । कर्मचारी वर्गका लागि जोगिएर काम गर्नुपर्ने समय छ । पतिपत्नीबीच असमझदारी बढ्नसक्छ, संयम व्यवहार गर्नु हितकर होला । प्रतिकुलतामा मित्रजनको साथ सहयोग रहने देखिन्छ ।

बृष

शुभदायी एमव् व्यापार व्यवसायमा लगानी बढाउने समय छ । परिवार तथा साथीभाइको सहयोग अपेक्षा गरेभन्दा बढी नै प्राप्त हुनसक्छ । धनलाभको पनि योग छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग रहेपनि आत्तिइहाल्नुपर्ने छैन । आफन्त तथा परिवारजनमा आत्मीयभाव बढ्नेछ । रसरागको भाव जागृत हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

ब्यस्तता बढे पनि लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहला । अध्ययन तथा अध्यापन कार्यमा पनि कैही प्रगति नै हुने देखिन्छ । ब्यापारबाट राम्रै धनलाभ हुने दिन परेको छ । भौतिक साधनहरू जुट्नेछन् भने कृषिउपज तथा पशुधनबाट फाइदा मिल्नेछ । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । शुभचिन्तकहरूबाट राम्रै सुझाव मिल्नेछ ।

कर्कट

नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तपाईंका कामको प्रशंसा हुनेछ भने परिणाम पनि सकारात्मक हासिल हुनेछन् । पठनपाठनमा उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । तथापि, अचल सम्पतिको मामलामा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

आजको दिन महत्वपूर्ण कार्यमा बाधा पर्ने तथा खर्च पनि केही बढ्नसक्ने देखिन्छ । सजगता अपनाइ काम गर्न नसक्दा प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यगत समस्याबाट जोगिन सतर्कतापूर्ण व्यवहारको खाँचो छ । खानपानमा ध्यान दिनु उचित हुनेछ । सामान्य खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउन सक्छ । प्रतिकुलताका बाबजुद विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने छ योग छ ।

कन्या

दिन केही चुनौतीयुक्त रहला । सामान्य अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । हातमा आएका केही अवसर गुम्न सक्छन्, होसियार रहनुहोला । चोटपटकको योग रहेकोले हातहतियारको प्रयोग एवम् सवारीसाधन सञ्चालनमा सावधानी अपनाउनु हितकर हुनेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर रहेपनि आर्थिक समस्या समाधान हुनेछ ।

तुला

समय अनुकुल छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषिकर्म तथा पशुधनबाट राम्रै लाभ मिल्नेछ । तर, नकारात्मक प्रवृत्तिका व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ । तपईंकै सामान्य कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउने देखिन्छ ।

बृश्चिक

शुभदायी समय छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने देखिन्छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ, सचेत रहनुहोला । मान सम्मानमा चोट पुग्ने सम्भावनाप्रति सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । रोकिएका काम बनी नयाँ काम सुरु हुने र व्यापारबाट पनि फाइदा मिल्ने योग छ । आरोग्यता रहनेछ ।

धनु

स्थायी सम्पत्तिका विषयमा केही विवाद आउनसक्ने समय छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । धार्मिक काममा बाधा सृजना होला । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ, सजग रहनुहोस् । परिवारजनमा केही असमझदारी बढ्न सक्छ । तथापि, साहस वृद्धि हुनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । बौद्धिक तथा रचनात्मक कार्य फलदायी रहनेछ ।

मकर

मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्तिको सम्भावना छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द दिलाउला । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुने योग छ । काममा आफन्तको सहयोग जुट्नेछ । प्रेमभाव बढ्नेछ ।

कुम्भ

प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । परिवारजनको सहयोग र सुखद समाचारले काममा उत्साह जगाउनेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ भने प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर हुनेछ ।

मीन

प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् भने स्थायी सम्पत्ति बढाउन सकिने योग छ । टाढाको यात्राबाट धनलाभ होला । व्यापार व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सुख विलास पनि बढ्नेछ ।

सम्बन्धित समाचार