आज कात्तिक ८ गतेको राशिफल- तपाइँको दिन कस्तो ?

0 Shares

आइतबार, ८ कात्तिक २०८३ (२५ अक्टोबर २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्च बढे पनि आम्दानीभन्दा बढी हुने छैन। लामो यात्रा सुखद र सफल रहनेछ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृष: परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। साझेदारीको काममा उल्झन आउनेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला, सामान हराउने वा चोरी हुने सम्भावना छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मिथुन: परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। सहयोगीले राम्रो साथ दिनेछन्। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: वाणीमा कुशलता आउने दिन छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रेम जीवन सुखद र समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: अधुरा काम पूरा हुनेछन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। ‘म चुपचाप मेहनत गर्छु’ भन्ने संकल्प गर्नुहोला।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कन्या: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। साँझमा भने स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। ‘आजको मेरो समय मूल्यवान् छ’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला: अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृश्चिक: अतिथिका रूपमा सम्मान पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ।

भाग्यशाली रङ आकाशे र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: कर्मशील व्यक्तिहरूका लागि दिन उपलब्धिमूलक रहनेछ। आफन्तको प्रगति देखेर मन प्रसन्न हुनेछ। व्यापार–व्यवसायमा सामान्य लाभ मिल्नेछ। मध्याह्नपछि घरायसी तथा सानातिना जिम्मेवारीमा व्यस्त रहनुपर्ने अवस्था आउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

मकर: ज्ञान, विवेक र बौद्धिक क्षमतामा वृद्धि हुनेछ। योजनाअनुसार कार्य सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। धर्म, संस्कृति, कला तथा साहित्यप्रति रुचि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: नजिकका व्यक्तिबाट कार्यमा केही अवरोध आउन सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु बुद्धिमानी हुनेछ। अध्ययनमा अपेक्षित प्रगति नदेखिए पनि सकारात्मक सोच र सत्कर्मले बिस्तारै सफलता दिलाउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मीन: अनावश्यक विवादको सम्भावना रहेकाले बोलचालमा विशेष संयम अपनाउनु उचित हुनेछ। आफूलाई राम्रोसँग नआएको काममा हतारमा हात हाल्नु ठिक हुने छैन। मध्याह्नपछि रोकिएका तथा अधुरा काम क्रमशः पूरा हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

सम्बन्धित समाचार