मेयर हमालकी छोरी भारतको गोवामा बेपत्ता, खोजी गर्न अपिल

0 Shares

काठमाडौं । धनगढी उपमहानगरका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट बेपत्ता भएकी छन् ।

केही महिनादेखि भारतको गोवामा ओशो साधना गर्दै आएकी हमालकी छोरी आरती सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जनाकारी दिएका हुन् । उनी जोरबा वाइब आस्बिन पुलबाट बेपत्ता भएकी हुन् ।

छोरीकै साथीबाट उनी हराएको खबर आएकाले गोवामा हुनेहरूलाई खोजीका लागि हमाले अपील गरेका हुन् । हमालले जेठी छोरीको खोजीका लागि कान्छी छोरी आरजु र ज्वाइँलाई मंगलबार नै राति गोवा पुगेका छन् ।

गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका हमाल नेपालकै लोकप्रिय मध्येका एक मेयर हुन् ।

सम्बन्धित समाचार