आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ माघ १८ गते शुक्रबार । सन् २०२५ जनवरी ३१ तारिख । नेपाल सम्बत ११४५ सिल्लाथ्व द्वितीया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४३ मिनेटमा हुनेछ । अब सुरु गरौँ आज राशिफलः

मेष

बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले चाहिँ आजको दिन अप्ठ्यारोमा पार्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा खासै मन नजाला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । आमोदप्रमोदको अवसर जुर्ला ।

बृष

पछिसम्म लाभ हुने काममा लगानी गर्ने समय छ । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आज सहयोगीले काममा साथ दिनेछन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ भने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

विगतका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । सहयोगी्ले काममा उत्साह जगाउने छन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने देखिएपनि अनावश्यक भ्रमण हुनसक्ने योग छ । स्वास्थ्यगत समस्याले सताउने सम्भावना छ रहेकोले विशेष सजगता अपनाउनु उचित हुनेछ । पराक्रम वृद्धि भइ शत्रुपक्षमाथि विजय प्राप्त होला ।

कर्कट

मिहिनेत गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । आफ्नै कमजोरीले विवादमा परिनेछ । परिवारजनमै खटपट पर्ने देखिन्छ, व्यवहारमा सरलता अपनाउनु हितकर होला । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । उद्योग र व्यापारमा प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

आजको दिन सानातिना काममै अल्झिनुपर्ने छ, तर पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । लेनदेनमा विवादको योग भएकोले आर्थिक कारोबार नगरेकै वेस हुनेछ । विगतका समस्या बल्झिन सक्छन्, सजग रहनुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ । कलात्मक काममा आकर्षण रहला ।

कन्या

व्यस्तता वृद्धि हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको राम्रै मूल्यांकन हुने र रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

विभिन्न अवसरले पछ्याउने तथा मेहनत गर्दा राम्रै धन आर्जन हुने समय छ । रमाइलो यात्राको अवसर जुट्ला । कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । साथीभाइको साथ मिल्नेछ । कृषिकर्ममा भने केही सास्ती बढ्नसक्ने योग छ ।

बृश्चिक

दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा होला । आम्दानी तथा आयआर्जनका स्रोत वृद्धिको योग छ । तथापि, आजको दिन अरूका काममा ज्यादा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन् । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्तजन तथा नजिकका साथीभाइ टाढिन सक्छन्, व्यवहारमा सरलता अपनाउनु उचित हुनेछ । शत्रु परास्त गर्ने क्षमतामा वृद्धि होला ।

धनु

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय भएपनिसमयमा होस नपुग्नाले काम रोकिन सक्ने सम्भावना छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । तार्किक क्षमता बढ्नेछ । आरोग्यता रहला ।

मकर

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न खोजेपनि व्यापारलगायत आर्थिक सन्दर्भका कार्यमा राम्रै फाइदा हुने देखिन्छ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफल रहला ।

कुम्भ

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । सामाजिक सेवा तथा परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति हुनसक्छ, सजगता अपनाउनुहोला ।

मीन

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय छ, तथापि अस्वस्थताले काममा ढिलासुस्ती आउनसक्छ । कामको दायित्व बढ्नेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको योग छ । सुख विलास बढ्ने छ ।

सम्बन्धित समाचार