अखिल क्रान्तिकारीको मतपत्रको रेजाको मसीलाई लिएर विवाद हुुँदा स्थगित

0 Shares

काठमाडौं  । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना हुनेक्रममा विवाद हुँदा स्थगित भएको  छ । अखिल क्रान्तिकारीको काठमाडौं उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतपत्रमा प्रयोग भएको रेजाको मसिलाई लिएर विवाद भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले शर्माले मतपत्रमा लगाउने रेजामा कालो र रातो मसी प्रयोग भएको विषयलाई लिएर विवाद हुँदा मतगणना रोकिएको जानकारी दिए । सबै मतपत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा राखिएको उहाँले बताउनुभयो । सोमबार रातीसम्म सहमती गर्न प्रयास गरे पनि सहमती हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन् । शर्माले भने, ‘मतपत्रमा प्रयोग गर्न कालो र रातो कलम राखिएको रहेछ । त्यसमा निर्वाचन समिति जुनसुकै कलम प्रयोग गर्न पाउने व्यवस्था गरेको थियो । तर, अहिले एकपक्षले जुनसुकै मसीको कलम प्रयाग गरे पनि हुन्छ भन्छ । अर्कोपक्षले रातो मसी मात्रै प्रयोग भएको मान्ने हुन्छ भन्ने मत छ ।’ अहिले अध्यक्षका पत्यासी विजयप्रकाश सापकोटा बाहेक अरु सबै अध्यक्षमा प्रत्यासी एक भएर रातो मसी प्रयोग गरेको मतपत्र मात्रै मान्यता दिनुपर्ने अडानमा पुगेका छन् ।

अखिल क्रान्तिकारीका सात भौगोलिक प्रदेशको मत परिणामको नतिजा सार्वजनिक भई सकेको छ । अब दुई गैरभौगोलिक प्रदेशको मतपत्रमा प्रयोग भएको रेजाको मसीलाई लिएर विवाद भएर मतगणना रोकिएको छ ।

अखिल क्रान्तिकारीको देशैभरबाट कुल २ हजार ३९८ प्रतिनिधिले चुनिएका थिए । केन्द्रीय अध्यक्षका लागि उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राई प्रतिस्पर्धामा छन्।यस्तै, महासचिवका उम्मेदवारहरूमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जय फुयाँल रहेका छन्। खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । महासचिवमा पद्मप्रसाद काफ्ले, प्रतीक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो छन् ।

यस्तै नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी परेको छ । एक कोषाध्यक्ष पदका लागि पार्वता चौलागार्इं, शिव श्रेष्ठ, महेन्द्रबहादुर चन्द र फूलमाया रानामगर रहनुभएको निर्वाचन समितिले जनाएको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भएपछि विद्यार्थी नेताले आ–आफ्नो गुटबाट प्यालन बनाएर उम्मेदवारी घोषणा गरेका थिए ।

सम्बन्धित समाचार