अखिल क्रान्तिकारीको मतगणना १२ बजेदेखि सुरु हुने

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको रोकिएको मतगणना सोमबार मध्यान्न १२ बजेदेखि गणना सुरु हुने भएको छ । अखिल क्रान्तिकारीको निर्वाचन समितिले रोकिएको उपत्यका प्रदेश र विश्वविद्यालय प्रदेशको १२ बजेदेखि मतगणना सुरु हुने विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

अखिल क्रान्तिकारीको मतदान गत शनिबार भएको थियो । अरु प्रदेशको नतिजा आए पनि मधेस प्रदेशमा लफडा भएपछि आइतबार रोकिएको थियो । अहिले सबै प्रदेशको नतिजा आइसकेकाले उपत्यका प्रदेश र विश्वविद्यालय प्रदेशको नतिता आएपछि सार्वजनिक हुने केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए । सोमबार बेलुकासम्म विद्यार्थी संगठनको सबै नतिजा सार्वजनिक हुने शर्माको भनाई छ ।

सम्बन्धित समाचार