अछाममा बाख्रा चलाउन गएका किशोरी मृत्युको घटनामा दुई जना पक्राउ

0 Shares

काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका १ स्थित छिन्ने जंगलमा ढकारी ८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । पक्राउ परेका २० वर्षमुनिका किशोरको परिचय भने खुलाइएको छैन् ।

शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए । टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।

प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर पनि अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शव भेटिएको माथिपट्टी भिर रहेको र उनीहरूको शवभन्दा तल माथिबाट ठूलो ढुङ्गा खसेको छ । ढुंगा खसेर चोट लागेको जस्तो देखिए पनि शव परीक्षण रिपोर्टबाट धेरै तथ्यहरू खुल्ने प्रहरीले गरेको छ ।

यो पनि पढ्नुहोस् ।

अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला

जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे अनुसन्धान गरिँदै

सम्बन्धित समाचार