काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
अहिले सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।
संसद अधिवेसन बोलाएकले प्रतिपक्ष दलले संसदमा सशक्त रुपमा प्रस्तुत हुने भएपछि सत्तापक्ष बैठक बसेर रणनीति बनाउन बैठक बस्न लागेका हुन् । सत्तापक्षले संसदलाई छलेर अध्यादेश ल्याएपछि प्रतिपक्षले आफ्ना कुरा राखेर आलोचना गर्ने योजना बनाएका छन् । तर, प्रतिपक्ष अध्यक्षदेश ल्याउनु ठिक भएको भन्दै प्रतिरक्षा गर्न आ आफ्नो दलका सांसदलाई निर्देशन दिई सकेका छन् ।