कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट सम्झौता

0 Shares

काठमाडौँ । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.बीच छुट सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभिएफ प्याकेजमा १० रुपैयाँ हजारको छुट प्रदान गरिने छ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिने भएको हो ।

वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार