काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित संसदका विपक्ष ६ राजनीतिक दलले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएका छन् । संसदको लोत्से हलमा विपक्ष मोर्चाले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सरकारले नियमित हिउँदे अधिवेसन नबोलाएर अध्यादेशबाट चलाउन खाजेजिएको भन्दै विपक्ष मोर्चाले पत्रकार सम्मेलन मार्फत जानकारी दिने मोर्चाका एक नेताले बताए । यदी सरकारले नियमित अधिवेसन नबोलाए विशेष अधिवेसन बोलाउने विपक्ष मोर्चाले चेतावनी दिएका छन् ।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने यसअघिको बैठकमा समझदारी गरेका थिए । मोर्चामा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनमत पार्टी लगयत दल छन् ।
पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको थियो, बुधबार बसेको विपक्षी दलको बैठकले साझा धारणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोके पनि काम पुरा नभएको भन्दै पत्रकार सम्मेलन गर्न लागिएको हो ।