मन्त्रालयमै मन्त्री खड्कामाथि हातपात, एक सातापछि बाहिरियो घटना

0 Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कामाथि हातपात र दुर्व्यवहार भएको छ । उनीमाथि मन्त्रालयमै हातपात भएको हो । घटना शुक्रबार थियो ।

मन्त्री खड्का आफ्नो कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात भएको हो । सुरक्षाकर्मीले ती व्यक्तिलाई समातेर अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको थियो ।

घटना भएको एक साता भए पनि यसबारे मन्त्री खड्काले आज मात्रै पार्टी नेताहरूलाई जानकारी दिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीको बैठकमा खड्काले आफूमाथि भएको हातपातसँगै दुर्व्यवहारबारे जानकारी दिएका हुन् ।

यसबारे गृहमन्त्री रमेश लेखकले चासो राख्दै आफूलाई किन जानकारी नगराएको ? भन्दै मन्त्री खड्कालाई प्रश्न गरेका थिए । गृहमन्त्रीको प्रश्नपछि खड्काले घटना सामान्य भएको बताएका थिए ।

सिंहदरबार सुरक्षामा खटिएका प्रहरीका अनुसार मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका ५ मुच्चोकका हरि पोखरेल हुन्।

सम्बन्धित समाचार