विपक्ष मोर्चाले विशेष अधिवेसन बोलाउने तयारी

0 Shares

काठमाडौं। सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी ६ दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निष्कर्षमा पुगेका हुन् ।

बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने जानकारी दिए ।

‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने । संसद अधिवेसन बोलाउन ढिला गरेर अरु दललाई समेत समेटेर दबाब बढाउने उनले बताए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नियमित संसद अधिवेसन नबोलाएर अध्यादेशबाट देश चलाउन खोजिएको बताए । संसदीय समितिमा छलफलकै क्रममा भएका विधेयक समेत अध्यादेशबाट ल्याएर सरकारले आलोकतान्त्रिक चरित्र देखाएको उनले आरोप लगाए ।

सम्बन्धित समाचार