काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता सन्तुष्ट नरहेको बताएका छन् ।मंगलबार पिस्कर स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट भनिएको पार्टीका मान्छे हुँदा पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।
उनले कम्युनिष्टको नाममा गैरकम्युनिष्टको जस्तै काम भइरहेको पनि बताएका छन् । ‘कम्युनिष्ट पार्टी भनिएका मान्छेहरु छन्, मुलुक चलाउने जिम्मेवारी भएका’, उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै भने, ‘तर, जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि पुग्दोरहेनछ ।’
नेता नेपालले कम्युनिष्टको नाममा राजनीति गर्नेहरूले कम्युनिष्टको मर्यादा राख्नुपर्ने, त्याग, तपस्या र बलिदानी कायम गर्न सक्नुपर्ने पनि जिकिर गरेका छन् । तत्कालीन पञ्चायती शासकविरुद्ध आन्दोलित एमालेले आफ्नो संघर्षको कार्यक्रमम सिन्धुपाल्चोकको पिस्करकेन्द्रित गरेको थियो ।