सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ‘ग्लोबल मनि विक २०२४’ मा वित्तीय सचेतना अभिवृद्धि

0 Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ‘ग्लोबल मनि विक २०२४’ को अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । चैत ५ देखि सुरु भएको यस साता व्यापी कार्यक्रम चैत ११ सम्म वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा सञ्चालनमा रहनेछ ।

बैंकले देशभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले जानकारी दिए ।

सम्बन्धित समाचार