राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेट अगाडि रहेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत समेत अर्पण गरेको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती शनिबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।

सम्बन्धित समाचार