च्याटजीपीटी निर्माता स्याम अल्टम्यानले बहिनीलाई यौन दुर्व्यव्यवहार गरेको आरोप

0 Shares

एजेन्सी । च्याट जीपीटी ओपन एआईका स्याम अल्टम्यानकी बहिनी एनी अल्टम्यानले उनीमाथि यौन दुर्व्यव्यवहारको आरोप लगाएकी छिन् । उनकी बहिनी एनीले स्याम अल्टम्यानविरुद्ध मुद्दा दायर पनि गरेकी छिन् ।

यसमा उनले दाजु स्याम ओल्टम्यानले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । यो घटना सन् १९९७ देखि सुरु भएर सन् २००६ सम्म चलेको थियो । यद्यपी, स्याम अल्टम्यानले उनीमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

एनी अल्टम्यानले अमेरिकी जिल्ला अदालतमा यो मुद्दा दायर गरेकी हुन् । ओपन एआईका सीईओ १२ वर्षको हुँदा र उनकी बहिनी एनी ३ वर्षकी हुँदा स्याम अल्टम्यानले आफ्नी बहिनीलाई यौन दुर्व्यवहार गर्न सुरू गरेको एनी अल्टम्यानले आरोप लगाएकी छन्

शारीरिक र मानसिक रूपमा उत्पीडनको आरोप

स्याम अल्टम्यानले आफ्नो बहिनीलाई सातामा कैयौं पटक बलात्कार गर्ने गरेको दावी गरिएको छ। अन्तरराष्ट्रिय संचारमाध्यम सिएनबीसीले यो जानकारी दिएको हो । स्याम अल्टम्यान विरुद्ध दायर मुद्दामा उनकी बहिनी एनी अल्टम्यानले डिप्रेसन, मानसिक तनाव र भावनात्मक तनाव जस्ता धेरै शारीरिक र मानसिक समस्याहरूको सामना गर्नुपरेको आरोप पनि लगाइएको छ ।

आरोप निराधार रहेको स्याम अल्टम्यानको दाबी

एनी अल्टम्यानले लगाएको गम्भीर आरोपपछि स्याम ल्टम्यानले आफ्नो पक्ष प्रस्तुत गर्दै यी सबै आरोपलाई झुटो बताएका छन् । एक्स प्लाटफर्ममा पोस्ट गर्दै, स्याम अल्टम्यानले उनकी बहिनीले लगाएका गम्भीर आरोपहरू निराधार रहेको दावी गरेका छन् ।

बहिनीले राखिन् यी दुई माग

यस मुद्दाको सहयोगमा एनी अल्टम्यान अदालतको जूरीले स्याम अल्टम्यान विरुद्ध मुद्दा चलाउन् भन्ने चाहन्छिन्। यसका साथै, उनले ७५ हजार अमेरिकी डलर क्षतिपूर्ति माग राखेकी छिन्।

यद्यपि स्याम ल्टम्यानले यी सबै आरोप अस्वीकार गरेका छन्। स्याम अल्टम्यान र उनको परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तीमा एनीले मानसिक स्वास्थ्य सम्बन्धी चुनौतीहरूको सामना गरिरहेको बताइएको छ। सीईओले र उनको परिवारले सधैं एनीको मासिक आर्थिक खर्च हेर्दै आएको समेत दावी गरिएको छ ।

सम्बन्धित समाचार