संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, भोटेकोशी बाढीबारे जानकारी

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । न्यूयोर्कमा जारी राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत उनले सम्बोधन गरेका हुन् ।

साष्ट्रसंघमा सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए । भेटमा गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

महासंघमा सम्बोधन गर्दै उनले भोटेकोशी बाढीबाट नेपालले ठूलो क्षति बेहोरेको बताउँदै विश्व समूदायलाई सचेत गराएका थिए । यस क्रममा उनले जलवायु न्यायको विषय उठाउने बताइएको छ ।

सम्बन्धित समाचार