एमाले र माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

0 Shares

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी बैठक(मंगलबार) पनि बस्ने  भएका छन् । एमाले पार्टी केन्द्र्रीय कार्यालय ललितपुरको च्यासलमा माओवादी केन्द्रको धुम्बाराहीको एक पार्टीप्यालेसमा विहान ११ बजेदेखि बैठक बस्ने भएका हुन् । आइतबारदेखि दुबै पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएका थिए ।

एमालेका अधिकाश नेताहरुले आफ्नो धारणा राखिसकेकाले आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि सक्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम जारी छ । सोमबार केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बस्न लागेको हो ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तर, माओवादी केन्द्रको पहिलो दिन प्रदेश अध्यक्षले आफ्नो रिर्पोटिङ राखेका थिए । सोमबार ८० केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । आज विहान ११ बजेदेखि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने भएका छन् । सबै केन्द्रीय सदस्यले बोलेपछि एकमुस्ट जवाफ पार्टी अध्यक्ष प्रचण्डले दिने भएका छन् ।

सम्बन्धित समाचार