एमाले केन्द्रीय कमिटी बैठकः निर्णय अनुमोदन

0 Shares

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले विभिन्न समयमा भएका बैठकका निर्णय अनुमोदन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज भएको बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता गरिएका पोलिटब्यूरो र केन्द्रीय सचिवालय बैठकका निर्णय सर्वसम्मतिले अनुमोदन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा व्यक्त गरे ।

सम्बन्धित समाचार