पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न किन गए प्रधानमन्त्री ओली ?

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट गरेका छन् ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।

यसअघि, भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने गरी देश दौडाहमा हिँडिरहेकी छन् । यता, ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकालिदिएका छन् । यसैबीच उनीहरूबीच भेट भएको हो ।

सम्बन्धित समाचार