अन्य सिमेन्ट कम्पनीको शेयर मूल्य घट्दा सर्वोत्तमको भने तेस्रो दिन पनि सकारात्मक सर्किट

0 Shares

काठमाडौँ । सर्वोत्तम सिमेन्ट कारोबारमा आएको तेस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । सर्वोत्तम सिमेन्टको तेस्रो कारोबार दिन ७३९ रुपैयाँ ९० पैसामा शेयर खरिद बिक्री भइरहेको छ ।

बजारमा सूचीकृत भएका अन्य सिमेन्ट कम्पनीको शेयर मूल्यमा करेक्सन हुँदा पनि सर्वोत्तम सिमेन्ट शेयर भने निरन्तर तेस्रो कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्ममा शिवम् सिमेन्ट प्रतिकित्ता ५४० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । घोराही सिमेन्ट प्रतिकित्ता ५२६ रुपैयाँ र सोनापुर मिनिरल्स कम्पनीको शेयर ४९० रुपैयाँ शेयर खरिद बिक्री भइरहेको छ ।

पछिल्लो समय सिमेन्ट कम्पनीको शेयरमा लगानीकर्ताको आकषर्ण देखिएको छ । भर्खरै बजार प्रवेश गरेको सार्वोत्तम सिमेटमा लगानीकर्ताको चासो बढेको हो । नेप्सेमा पूँजी कम भएका कम्पनीमा आकषर्ण बढ्ने गरेको छ ।

उक्त कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको हो । जस मध्येमा ६० लाख कित्ता सर्वसाधारण तर्फको रहेको छ । जसमध्येमा योग्य लगानीकर्ता, म्यूचुअल फण्ड र कर्मचारीहरुको शेयर लकमा रहेको छ । अहिले करिव २८ लाख कित्ता फोल्योटमा रहेको छ । यसले गर्दा कम्पनीको शेयरले राम्रो उचाई लिने लगानीकर्ताहरुको आंकलन छ ।

सम्बन्धित समाचार