आज मिति २०८१ पुस १५ गते सोमबार । सन् २०२४ डिसेम्बर ३० तारिख । नेपाल सम्बत ११४५ थिंलागा आमै, पुस कृष्ण औँसी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आनन्ददायी भेटघाटले दिनको पूर्वार्ध रमाइलो हुनेछ । मन मिल्ने मित्र भेटिनुका साथै प्रेमको बन्धन कसिने योग छ । आर्थिक उपार्जनको अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्ने समय छ । परिवारजनबाट साथ र सुख मिल्ला । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । दाम्पत्य सुख बढ्नेछ ।
बृष
पछिका लागि फाइदा हुने अर्थात् दीगो आम्दानी हुने काम प्रारम्भ गर्न सकिने समय छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । लामो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने छन् । रसरागमा आकर्षण रहने छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धिले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आम्दानीमा कमी हुने छैन तर खर्च वृद्धिले केही सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्ने योग भएकाले विशेष सजगता अपनाएर व्यवहार गर्नु उचित होला । कुनै पनि कार्यमा बलजफ्ती नगर्नु हितकर हुनेछ । जस्तोसुकै समस्याको समाधान विवेकको माध्यमबाट प्राप्त हुनेछ ।
कर्कट
व्यस्तता बढ्नेछ । आजको दिन केही चुनौती पैदा हुन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने योग रहेकाले धैर्य राखेर कार्य गर्नुहोला । आश्वासन दिनेहरूको कुरामा विश्वास नगर्नु उचित हुनेछ । अरूको विश्वास गर्दा धोका मिल्न सक्छ । आज व्यापार व्यवसायमा ठूलो लगानी नगरेकै राम्रो । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउलान् । आफ्ना विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । समस्यामा नजिकका साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह
विवेक पुऱ्याएर हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनसक्ने समय छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ भने प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ । बोली र व्यक्तित्वको माध्यमले धेरैलाई प्रभावित तुल्याउन सकिएला । पराक्रम वृद्धि हुनेछ । कुनै विशेष कार्य रोकिएको छ भने पुनः प्रयत्न गर्ने दिन हो, प्रयासले प्रतिफल दिलाउने योग छ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
मेहनतले धेरै काम बनाउन सकिने समय छ । विरोधि तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । चाहेमा धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । आफन्त तथा मित्रजनको साथ सहयोगले उत्साह जगाउला । कार्यगति बढ्नेछ ।
तुला
प्रभावशाली व्यक्तिहरू नै प्रतिस्पर्धामा उत्रन सक्ने समय छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । गोपनीयतामा ध्यान दिएर कार्य गर्दा सफलता भेटिने छ । नातेदारसँग विवाद वा झैझगडाको योग भएकाले बोली र व्यवहारमा विशेष नियन्त्रण राख्नु उचित हुनेछ । आजको दिन आर्थिक समस्या पनि पर्न सक्छ । अध्ययन अध्यापनमा खासै मन जाने छैन । सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुहोला । आरोग्यता रहनेछ ।
बृश्चिक
तपाईंका विचार एवम् व्यवहारले धेरैलाई प्रभावित पार्न सकिने छ, प्रशंसकहरू बढ्ने छन्, तर इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । मान सम्मान पाइने छ तर पनि गरि रहेको काममा केही समस्या पर्न सक्छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । गुमेको प्रतिष्ठा लगनशीलताले फर्काउन सक्ने समय छ । खर्च वृद्धि हुने देखिन्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु
विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । मन उत्साहित रहला । तथापि, आफन्तजनको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । कर्मबल बढ्ने छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ने छ ।
मकर
रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । काममा अभिप्रेरित गर्नेहरू भेटिने छन् । विभिन्न अवसरले पछ्याउनेछन् भने नयाँ काम प्रारम्भ हुनसक्ने योग छ । प्रशंसकहरू बढ्ने छन् । नाम, दाम र इनाम हातपार्ने समय छ । मनोरञ्जनात्मक कार्यमा मन आकर्षित रहला । भाग्यबल बढ्नेछ । दायित्व पूरा गर्नु हुनेछ ।
कुम्भ
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाटको अवसर जुर्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने योग छ । व्यापारमा लाभ हुनेछ । आजको दिन स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु उचित हुनेछ । दौडधुपका बीच सामर्थ्य वृद्धि हुनेछ ।
मीन
आलोचकहरू बढ्ने तथा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्ने योग छ । नयाँ अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खर्च भने केही बढ्न सक्छ ।