आज पुस १४ गते तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ पुस १४ गते आइतबार । सन् २०२४ डिसेम्बर २९ तारिख । नेपाल सम्बत ११४५ थिंलागा चतुर्दशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ । अब सुरू गराैँ राशिफल:

मेष

आयआर्जनका स्रोत बढ्ने र दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्ला । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । सन्तानसुख वृद्धिको योग छ । प्रेमभाव बढ्नेछ । समग्रमा अनुकूलताले भरिएको दिन छ ।

बृष

दिन शुभदायी छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । परिवारजनको साथले उत्साह जगाउला । परिवारिक सुख बढ्नेछ । धन आर्जनको समय छ । तथापि, पत्याइएका सहयोगीहरू पछि हट्ने र प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकाले विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मिथुन

आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन भए पनि ज्यादा समय अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । उपलब्धिको स्रोत पहिलिने योग छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकताले प्रभाव देखाउला ।

कर्कट

ब्यस्तता बढ्नेछ । मेहनतको फल प्राप्त हुने दिन भए पनि अरूको भरपर्दा धोका मिल्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त होला । कर्मबल वृद्धि र मिठो भोजन प्राप्त हुने समय छ । साथीभाइको सहयोग प्राप्त होला । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

सिंह

आजको दिन दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तथापि, अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । खर्च केही वृद्धि होला । लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नसक्ने योग छ । आरोग्यता रहनेछ, पराक्रम बढ्नेछ ।

कन्या

गरिएका कामको राम्रै मूल्यांकन होला । आर्थिक लाभ हुने तथा भौतिक वस्तु प्राप्तिको समय छ । व्यापार तथा साझेदारीमा पनि फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको अवसर पनि जुट्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग रहला जसबाट पराक्रम वृद्धिको योग छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

समयमै आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नु हितकर हुनेछ । अर्थको अभावले बन्नैलागेको काम अधुरो रहन सक्छ ।अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । आरोग्यबल बढ्ने छ ।

बृश्चिक

चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने समय छ । तर, फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । व्यवसायमा लगानी वृद्धि हुनेछ । रोकिएको काममा विशेष मिहेनत लगाउनुपर्ला । सुख सुविधाको बस्तुमा आकषर्ष रहनाले खर्च वृद्धिको योग छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कर्मफल प्राप्तिका लागि विशेष मिहेनत लगाउनुपर्ला । आयबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुनसक्ने योग छ । प्रेमभाव बढ्नेछ । यात्रापरक काम बन्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने देखिन्छ ।

मकर

मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै सम्मानसमेत पाप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । फजुल खर्च वृद्धिको योग छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तथापि, कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला । यात्रागत कार्य सार्थक रहनेछ ।

कुम्भ

आजको दिन स्वास्थ्यमा केही कमजोरीका बाबजुद बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यगत प्रतिकूलताका बाबजुद भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्ने संकेतले उत्साह जगाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । तर, कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने काम हात पार्ने मौका मिल्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने छन्, सावधान रहनुहोला । दौडधुप बढेपनि आफन्तको साथ मिल्नेछ ।

सम्बन्धित समाचार