ओलीले नेकपा एमालेको नेतृत्व छोड्नु पर्छ : घनश्याम भुसाल

0 Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहौल शान्त हुने बताएका हुन् ।

नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए । यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यस बेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको उनको भनाई थियो ।

 

सम्बन्धित समाचार