आज पुस १३ गते शनिबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ पुस १३ गते शनिबार । सन् २०२४ डिसेम्बर २८ तारिख । नेपाल सम्बत ११४५ थिंलागा त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

तपाईंको कार्य व्यवहारले अरुलाई प्रभावित पार्नेछ भने जटिल मानिएको काम पनि सहजै पूर्ण गर्न सकिने समय छ । मेहनत खेर नजाला । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्यजीवन सुखद रहनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । साझेदारीको काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ, तर आजको दिन खर्च केही वृद्धि होला । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पर्नसक्ने योग रहेको छ । आफ्नो स्वतन्त्रताका लागि ज्यादा महत्वकाङ्क्षा नराखी प्रलोभनबाट टाढा रहनु नै बेस हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ । मिष्ठान्न भोजनको अवसर जुर्नेछ, तर खानपानमा नियन्त्रण राख्नु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

उत्साहजनक समाचारले हर्ष बढ्नेछ तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पूरा नहुन सक्छ, सचेत रही काम गर्नुहोला । साझेदारीमा गरिएको काम बन्नेछ । शत्रुसित लड्ने सामर्थ्य वृद्धि होला । आफन्तजनको साथले प्रेमभाव वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।

कर्कट

सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । तार्किक क्षमता बढ्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिएला । नयाँ सवारी साधन प्राप्तिको प्रयासमा हुनुहुन्छ भने योजना सार्थक हुनसक्ने योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हातहाल्न सकिनेछ । ब्यस्तताका साथै कर्मबल बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

दिन उत्साहपूर्ण रहला । विभिन्न अवसरले पछ्याउनेछन् भने बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । धनलाभको योग छ । गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ । पराक्रम वृद्धि हुनेछ भने रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या

आजको दिन खासै सुखदायी नरहन सक्छ । निश्चय भएको काम अचानक बिग्रनसक्ने योग छ । विश्वास गरिएका साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन आउने सम्भावना रहेकोले यसप्रति सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा भने सफलताको योग छ ।

तुला

नयाँ कामको सुरुवात खासै राम्रो नभए पनि आजको दिन कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइने योग छ । मन नलागी नलागी कार्य नगरेकै बेस, हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । आरोग्यपन बढ्नेछ । खर्च पनि केही वृद्धि हुनेछ । मिठो भोजन प्राप्ति र रसरागमा आकर्षण रहनेछ ।

बृश्चिक

सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक काममा रुचि बढ्ला । तपाईंबाट भए–गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । खर्च वृद्धि हुने योग रहेकोले नियन्त्रणको लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु

आजको दिन विशेष योजनाहरू बन्न सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । कर्मबल बढ्नेछ, आय वृद्धि हुनेछ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग सुखद भेटघाको योग छ । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

पीडा दिनेहरु सक्रिय रहनसक्ने समय छ, सावधान रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ, गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । कामका केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कार्य–व्यवहार गर्नु हितकर होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

दौडधुप केही वृद्धि भएपनि लगनशीलताले चित्तबुझ्दो उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिने समय छ । रचनात्मक काममा रुचि बढ्ने छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । आफन्तजनको साथले उत्साह बढ्नेछ । सामर्थ्य वृद्धि होला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

भौतिक साधन जुट्ने छन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । व्यापार-व्यवसायमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । रसरागमा आकर्षण रहला, दाम्पत्यसुख बढ्ने छ । खर्च पनि केही वृद्धि हुने योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्ने र समस्याको समाधान मिल्नेछ ।

सम्बन्धित समाचार