0
Shares
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले साधारण सभाका लागि बुकक्लोज तोकेको छ । शिवमले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो ।
बुकक्लोज अनुसार पुस १६ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले चुक्ता पुँजीको ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ८.५५ बोनस शेयर र बोनसको कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कम्पनीले १५ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते राष्ट्रिय सभा गृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे साधारण सभा आह्वान गरेको छ ।