अखिल क्रान्तिकारीको नेतृत्व चयन पुस १७ हुने

0 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन पुस १७ गते गर्नेगरी २३औं राष्ट्रिय सम्मेलनको बाँकी कार्यतालिका सार्वजनिक भएको छ । क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उक्त कार्यतालिका सार्वजनिक गरेका हुन्‌ ।

नयाँ नेतृत्व चयन गर्नेगरी क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० देखि शुरू भएको थियो । तर, नेताहरूले आफ्नो स्वार्थअनुकूल हुनेगरी गुटगत होडबाजी गरेपछि नेतृत्व चयन नै नगरी सम्मेलन स्थगित भएको अखिल क्रान्तिकारीका नेता मदन ढकालले बताए ।

सार्वनजनिक नयाँ कार्यतालिका अनुसार पहिलो चरणमा ३२ वर्षे उमेरहद लगाउनेरनलगाउनेबारे पुस १३ गते मतदान हुने ढकालले बताए । दोस्रो चरणमा नेतृत्व चयन गर्नेगरी पुस १७ गते निर्वाचन तोकिएको उनले बताए ।

 

सम्बन्धित समाचार