0
Shares
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन सुनको मूल्य सोमबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर खरिद बिक्री हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको बजारमा चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।