काठमाडौँ । सर्वोत्तम सिमेन्ट दोस्रो बजारमा कारोबारमा आएको दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । सर्वोत्तम सिमेन्टको दोस्रो कारोबार दिन ६७२ रुपैयाँमा शेयर खरिद बिक्री भइरहेको छ ।
उक्त सिमेन्ट कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको थियो । नेप्सेले कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । पछिल्लो समय सिमेन्ट कम्पनीको शेयरमा लगानीकर्ताको आकषर्ण देखिएको छ । भर्खरै बजार प्रवेश गरेको सार्वोत्तम सिमेटमा लगानीकर्ताको चासो बढेको हो । नेप्सेमा पूँजी कम भएका कम्पनीमा आकषर्ण बढ्ने गरेको छ ।
उक्त कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको छ । जस मध्येमा ६० लाख कित्ता सर्वसाधारण तर्फको रहेको छ । जसमध्येमा योग्य लगानीकर्ता, म्यूचुअल फण्ड र कर्मचारिहरुको शेयर लकमा रहेको छ । अहिले करिव २८ लाख कित्ता फोल्योटमा रहेको छ । यसले गर्दा कम्पनीको शेयरले राम्रो उचाई लिने लगानीकर्ताहरुको आंकलन छ ।