सुन र चाँदीको मूल्य बढ्यो

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा आज चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार