काठमाडौंसहित देशभर वर्षा हुँदै, राति यी क्षेत्रमा वर्षाको सम्भावना

0 Shares

काठमाडौं । हाल काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा भएको हो ।

यस्तै, कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार