विपद्को घडीमा साथ दिऔँ : विदेशबाट आईएमईमार्फत निःशुल्क सहयोग पठाउन सकिने

0 Shares

काठमाडौं । प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिहरूले आईएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने भएका छन्।

विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंकमा रहेका खातामा आईएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको हो। यसबाट विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्ने जनाइएको छ।

त्यसैगरी नेपालभित्रबाट समेत खल्ती बाई आईएमईमार्फत सरकारका कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित परिवारप्रति दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै विपद्को यस कठिन समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आईएमईले सबैमा अपिल गरेको छ।

सरकारले पनि विपद् प्रभावितको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गरेको छ।

सम्बन्धित समाचार

ताजा अपडेट